Home / खेलकुद / कुश्ती खेल को उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रम

कुश्ती खेल को उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रम

सुजीतकुमार झा
जनकपुरधाम, २० मंसिर ।
जनकपुरधाममो दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत आजबाट कुश्ती शुरु भएको छ । मंसिर २० गतेदेखि २३ गतेसम्म हुने कुश्ती खेल को उदघाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा भएकोसोकार्यक्रममा मिथिला नाट्य कला परिषदलेदूईवटा नृत्य र नेपाली सेनाले दूईवटा नृत्यप्रस्तुत गरेको छ ।

सागमा सात देशको सहभागिता रहेपनि कुस्तीतर्फ माल्दिभ्स र भुटानले भाग लिएको छैन आयोजकले जनाएको छ । नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान कुस्तीमा भाग लिइएका छन् । ती मध्ये पाकिस्तान बाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) पनि भाग लिइरहेका छन्

कुस्तीका लागि छनोट भएका नेपाली खेलाडीहरु

नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् । चुनारा महेन्द्रनगरबाट आएका हुन् भने अन्य सबै खेलाडी प्रदेश २ कै हुन् ।
महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्रीको नाम सिफारिस भएका छ ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china