Home / news / कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी, माघ २४ गते ।

कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि वेन्लियाङको कोरोनाको मत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणटबाट डा. वेन्लियाङको मृत्यु भएको हो ।
चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा. लि वेन्लियाङको कोरोना भाइसरकै संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

गएको ३० डिसेम्बर ३४ वर्षीय डा. वेन्लियाङले आफ्ना सहकर्मीहलाई भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सचेत गराएका थिए ।

नयाँ वर्षको छेकोमा उहान सहरमा अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए ।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन् । तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान ३ बज्न लाग्दा भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

About Gayatry Mishra

Check Also

इन्दुशंकरको धमाधम भुक्तानी

माघ २४ गत्ते,सर्लाही । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china