Home / news / कोरोना भाइरसबाट एकैदिन ७३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो

कोरोना भाइरसबाट एकैदिन ७३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो

माघ २४ गत्ते ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन ७३ जनाको मृत्यु भएको छ।

त्यसमध्ये ६९ जनाको मृत्यु हुबेई प्रान्तमा भएको हो। चिनिया स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

त्यस्तै बिहीबार रातसम्म थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गरिँदैछ। चीनमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार १ सय ६१ पुगेको छ।

अहिलेसम्म २५ वटा देशमा कोरोना भाइरस देखिएको थियो। त्यस्तै फिलिपिन्स र हङकङमा एक एक जनाको ज्यानसमेत गएको छ।

About Gayatry Mishra

Check Also

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी, माघ २४ गते । कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china