Home / समाचार / जनकपुरधाममा होली आज मनाइदै, विहानैदेखि एकअर्कालाई रंग दलिदै

जनकपुरधाममा होली आज मनाइदै, विहानैदेखि एकअर्कालाई रंग दलिदै

सुजीतकुमार झा ।
जनकपुरधाम, चैत ८ ।
मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरधाममा आज धुमधामका साथ मनाइदै छ ।
विहानै देखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अवीर दली होली पर्व मनाइ रहेका छन । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । जनकपुरको होली हेर्न ठूलो संख्यामा विदशी पर्यटकहरु जनकपुर आएका छन ।


१५ दिने मध्यमा परिक्रमाको समापन भएको एकदिन पछि जनकपुरमा होली मनाईने गरिन्छ ।जनकपुरको चोक चोकमा जोगिरा गायनका साथै मटकाफोर कार्यक्रमहरु भइरहेको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ।


ज्नकपुरधाममा त्रेता युगमा भगवान राम र सीताले होली खेलेको मान्यता रहेको छ । मिथिलाका अधिकांश गीतहरुमा रामसीता संग जोडिएको प्रसंगहरु रहेको छ । यस अवसरमा प्रदेश २ सरकारले ७ र ८ गते सार्वजनिक विदा दिएको छ । ७ गते तराईका अन्य जिल्लामा होली भएको छ भने जनकपुरधाममा आज मनाइदै छ ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china