Home / अर्थ / प्रति लिटर दूधमा प्रदेश सरकारको २ रुपैयाँ अनुदान

प्रति लिटर दूधमा प्रदेश सरकारको २ रुपैयाँ अनुदान

पौष २२ गत्ते,जनकपुरधाम ।
प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ ।प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो ।

प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले  महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिन्छौं’ मन्त्री साहले भने, “यही पुस महिनादेखि दूध बिक्री गर्ने किसानलाई यो अनुदान दिइनेछ ।”

बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानले भने अनुदान पाउृने छैनन् । मन्त्री साहले दूध सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दूध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताए ।

About Sujeet Jha

Check Also

भुक्तानीको लागि वैकल्पिक उपाय खोज्दै प्रदेश सरकारःउपभोक्ता समिति आन्दोलनमा उत्रिए सरकारै ढल्नसक्ने सांसद मण्डलको चेतावनी

पौष २१ गत्ते,जनकपुरधाम । प्रदेश २ सरकारले वैकल्पिक उपाय खोजी गत आर्थिक वर्षको ९१ करोड …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china