Home / कला संस्कृति / रंगभूमि मैदान महादेवमय बन्यो, एक करोड पार्थिव महादेवको पूजा हुने, बुधबार प्रधानमन्त्री देउवाको पनि सहभागी हुने कार्यक्रम

रंगभूमि मैदान महादेवमय बन्यो, एक करोड पार्थिव महादेवको पूजा हुने, बुधबार प्रधानमन्त्री देउवाको पनि सहभागी हुने कार्यक्रम

सुजीतकुमार झा
जनकपुरधाम, कातिक २१ ।
जनकपुरको ऐतिहासिक रंगभूमि मैदानमा पार्थिव महादेवको विशेष पूजा गरिने छ । सो पूजाका लागि एक करोड पार्थिव महादेव बनाउने तयारी भई रहेको छ । मानस तथा बोलबम परिवारको आयोजनामा भई रहेको सो पूजामा नेपाल भारतका बोलबमका सहभागीहरु रहने छन ।
पूजालाई व्यवस्थित गर्न अभयकान्त मिश्रको अध्यक्षतामा मूल समिति गठन गरिएको छ । पूजामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि सहभागी हुने कार्यक्रम रहेको पूजा समितिका सचिव पवन कुमार झाले जानकारी दिएका छन । देउवा बुधबार जनकपुर आउनु हुने छ । कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समेत आमन्त्रण गरिएको छ ।


दूई दिवसीय पूजाको पहिलो दिन मंगलबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म हनुमान अराधना, ३ बजे कलश यात्रा गरिने कार्यक्रम रहेको छ । कलश यात्रामा महिलाहरु कलश लिएर सहभागी हुने छन भने पुरुष शंख बजाउने छन । कलश यात्रामा शंख बजाउने पहिलो पटक प्रयोग गरिएको छ । साँझ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
बुधबार मूल पूजाका लागि एक सय मण्डप र सोही संख्यामा कुण्डको निर्माण गरिने छ । पूजामा एघार सय व्यक्ति सहभागी रह्ने पूजा समितिका सचिव झाले जानकारी दिएका छन ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china