Home / राजनीति / राजपा नेता अनिल झालाई जनकपुरमा सम्मान, प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने झाको दाबी

राजपा नेता अनिल झालाई जनकपुरमा सम्मान, प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने झाको दाबी

सुजीतकुमार झा
जनकपुरधाम, पुस ११  ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीका दाबेदार मध्ये पुष्पकमल दहाल प्रचण्ड अरु नेता भन्दा अलि सुल्झेका नेता रहेको बताएका छन । उहाँले प्रचण्ड शोषित पीडित जनताको पक्षमा अरु खसबादी नेताभन्दा उदार रहेकाले उहाँलाई सहयोग गर्न सकिने वातावरण बन्न सक्ने बताउनु भयो ।


जनकपुरमा आज आयोजित सम्मान समारोहमा बोल्दै नेता झाले नेपाली जनताले बहुमतको सरकार नदिएकाले मिलीजुलीको सरकार बन्ने सम्भावना रहेकाले कटट्र भन्दा उदार नेतालाई अगाडि सार्नु पर्ने आजको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।
राजपा र फोरमलाई कुन रुपमा अगाडि बढाउने त्यो बैठकपछि नै सबैथोक वाहिर आउने वताउनुभयो ।


एक अर्को प्रसंगमा राजपा नेता झाले क्षेत्र निर्धारण समितिमा कमलनारायण लाल दाससँग मिलेर विमलेन्द्र निधिले जुन बदमासी गरेका छन त्यसकै दण्ड धनुषाका जनताले हराएर दिएको बताउनु भयो । यसपाली मधेशवादी नेताहरु सबै ठाउँबाट हारोस त्यो हिसाबले क्षेत्र निर्धारण गरिएको उहाँको दाबी रहेको छ ।

राजपा नेता अनिल झालाई जनकपुरमा पाग दोपटट लगाई सम्मान गरिएको छ । सो अवसरमा राजपाका महासचिव राजिब झा लगायतले बोल्नु भउको थियो ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china