Home / समाचार / वभनगामा माविमा कम्प्युटर हस्तान्तरण समारोह, ई लाईब्रेरीको पनि शुरुवात

वभनगामा माविमा कम्प्युटर हस्तान्तरण समारोह, ई लाईब्रेरीको पनि शुरुवात

दूधमती समाचारदाता
जनकपुरधाम, पुस १४ ।
जनकपुरधाम २५ स्थित बभनगामाको श्री कण्टीर झा नमूना माध्यमिक विद्यालयमा २० वटा कम्प्युटरको हस्तान्तरण समारोह सम्पन्न भएको छ । विश्व शिक्षाको सहयोग तथा संगसंगै परियोजना सामुदायिक परिवार कल्याण संघको समन्वयमा आईसिटी ल्याब तथा ई लाईब्रेरीको समेत प्रारम्भ गरिएको छ ।
जनकपुरधाम उपमहानगपरपालिकाका मेयर लालकिशोर साहले सो लाईब्रेरीको शुरुवात गर्नुभएको छ ।


बिद्यालयका प्रधानाध्यापक श्रीचन्द्र साहको अध्यक्षतामा भएको सो समारोहमा विश्व शिक्षाका प्रोजेक्ट डाइरेक्टर रुपश्री, शिक्षा ,युवा तथा खेलकुद महाशाखाका उपसचिव मेहीलाल यादव, विश्व शिक्षाका तालिम शाखाका मोहन भुर्तेल, बिद्यालयका पूर्व प्रधानाध्यापक कामेश्वर मल्लिक, सामुदायिक परिवार कल्याण संघका अध्यक्ष इश्वरी प्रसाद शर्मा, संगसंगै परियोजनाका कार्यक्रम संयोजक नित्यानन्द मंडल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, डि.ई. भगवान झा,लोहनाका पूर्व गाबिस अध्यक्ष बिनोद ठाकुर, जनकपुरधाम उपमहानगरपालिका बार्ड नं. २५ का अध्यक्ष उमेश यादव लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत भाषण शिक्षक रासलाल महतो र उदघोषण शिक्षक शैलेन्द्र मल्लिकले गरेका थिए ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china