Home / news / विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा नेकपामा प्रवेशःमेयर बरबरियाले अबिर माला लगाई गरे स्वागत

विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा नेकपामा प्रवेशःमेयर बरबरियाले अबिर माला लगाई गरे स्वागत

माघ २३ गत्ते,जनकपुरधाम ।

धनुषाको शहिदनगर नगरपालिकामा समाजवादी फोरम र नेपाली काँग्रेस पार्टी परित्याग गरी दर्जनौं युवा नेकपामा प्रवेश गरेको छ ।

शहिदनगर नगरपालिकाको वडा नं. १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा मेयर उदय कुमार बरबरिया नव प्रवेशीहरुलाई अबिर तथा फूलमाला लगाएर स्वागत गर्नुभएको थियो ।

समाजवादी फोरम र नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दर्जनौं कार्यकर्ताहरु प्रवेश गरेको मेयर बरबरियाले बताउनुभयो ।

नेकपाको शहिदनगर नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । सो क्रममा कपिलदेव यादव, देवचन्द्र यादव, डोमा यादव, मोतिलाल यादव, मिर्चाइलाल यादव, दिपक रजक, ई.संजय यादव, राजु रजक, सिताइ यादव, सर्वण यादव, रबिन शर्मा, रामसरन रजक, भोरिल यादव, सदन साह, सुर्यदेव यादव, दुर्योधन यादव, पवन साहले प्रवेश गरेका हुन् ।

यसका साथै, राकेश यादव,संतोष यादव, निरोध यादव, रुबलेश यादव, प्रदिप यादव, सुरेन्द्र यादव, सिरिकिसुन यादब, राजकिशोर महरा, विनोद यादव, दिपु मुखिया, कालि यादव, मनोज यादव, अनिल यादव, राजाबाबु यादव, , कृष्णा यादव, राकेश यादव, अरुण साफि, रामबाबु यादब, मठेरन यादव,भोला साह सोनार लगायतका दर्जनौं व्यक्तिहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नेकपाका नेता तथा कार्यकर्ताहरु सहित स्थानीयहरुको सहभागीता रहेको थियो ।

About Gayatry Mishra

Check Also

इन्दुशंकरको धमाधम भुक्तानी

माघ २४ गत्ते,सर्लाही । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china