Home / समाचार / शहिदनगरका विपन्न परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण

शहिदनगरका विपन्न परिवारलाई न्यानो कपडा सहित खाद्यान्न वितरण

पौष २२ गत्ते,धनुषा ।

धनुषाको शहिदनगर नगरपालिकामा विपन्न वर्गलाई न्यानो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको छ ।

शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो कपडा कम्बल सहित खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार जनकपुरको कामाख्या परिवार नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषा र शहिदनगर नगरपालिकाको विशेष समन्वयमा शहिदनगरका उक्त स्थानीयवासीहरुलाई खाद्यान्न सहित न्यानो कपडा वितरण गरिएको हो ।

शितलहरसँगै बढेको अत्यधिक चिसोका कारण विपन्न परिवारहरु प्रभावित भईरहेको बेला नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को पहलमा उक्त समाग्रीहरु वितरण गरिएको हो । जाडोका कारण विपन्न वर्गका व्यक्तिहरुको जनजीवन प्रभावित भएको भन्दै सहयोग स्वरुप मोटो कपडा र खाद्यान्न समाग्री वितरण गरिएको हो ।

वडा नं. ६ का गरिब एवम् विपन्न वर्गमध्ये एक परिवारको लागि एउटा मोटो ब्लान्केट, १ किलो मुरही, १ किलो चुरा, २ प्याकेट चाउचाउ, २ प्याकेट विस्कुट र गुँड (मिठ्ठा) वितरण गरिएको हो । रेल्वे ट्रैक सफाई अभियानी एवम् मिथि फाउण्डेशनको सहकार्यमा एक कार्यक्रमबीच उक्त समाग्रीहरु वितरण गरिएको छ ।

नगरका मेयर बरबरिया सहित प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल, शसस्त्र प्रहरी बलका एसपी राजेश उप्रेती, कामाख्य परिवार नेपालका विभाष लाभ, शहिदनगर नगरपालिकाकी उमेयर शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, लेखा अधिकृत लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप भट्टराई सहित कामाख्या परिवार नेपालकी सचिब ललिता लाभ, अभियन्ता रूबी झा, दिपक कुमार चौधरी लगायत नागरिक समाज, स्थानीयबासी, प्रसाशन, अभियन्ताको रोहबरमा वितरण गरिएको हो ।

About Sujeet Jha

Check Also

महोतरीमा ट्रक संग बस ठोकियोःकांग्रेस नेता रायको मृत्यु, १८ जना घाइते

पौष २२ गत्ते,जनकपुरधाम । महोतरीको टुटेश्वमा जनकपुर तर्फ आउदै गरेको बस दुर्घटनामा एक जनाको ज्यान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china